प्रसिडेन्ट विजनेश ग्रुपले बडादशैंको अवसरमा पक्कु फेस्टिवलको आयोजना गर्ने भएको छ ।
ग्रुपले हिजो काठमाडौमा पत्रकार सम्मेलन गरी भोलिदेखि असोज २१ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको जनाएको छ । प्रेसिडेन्टको काठमाडौंको चक्रपथमा रहेको शाखामा फेस्टिभल हुने छ । ग्रुपका अध्यक्ष शंकर भण्डारीले पक्कु फेस्टिभल नौलो र विशिष्ट प्रकारको भएको बताए । खसीको मासुलाई विभिन्न प्रकारको मसला प्रयोग गरी केही दिनसम्म खान मिल्ने गरी विशेष प्रकारले पक्कु बनाउने गरिएको भण्डारीले बताए ।

उनले कमाउनभन्दा पनि मौलिक संस्कृति र परम्परा जर्गेना गर्नका लागि फेस्टिभल आयोजना गरिएको स्पष्ट पारे । ‘परम्पराको सम्मान, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ फेस्टिभलको आयोजना गरिएको छ ।