पक्कु फेस्टिबल–२०८२ः नेपाली परम्परा र स्वादको उत्सव (भिडियो सहित)
पक्कु फेस्टिबल–२०८२ः नेपाली परम्परा र स्वादको उत्सव (भिडियो सहित)

काठमाडौं, २०८२ अशोज ५ । नेपाली हिन्दुहरुको महान चाड दसैँको अवसरमा, प्रेसिडेन्ट विजनेश ग्रुपले दोस्रो पक्कु फेस्टिबल–२०८२ को आयोजना गर्न लागेको छ। ुपरम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण भन्ने मूल नाराका साथ, यो उत्सव काठमाडौँको महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टको परिसरमा यहि असोज ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्न लागेको हो।

आज पत्रकार सम्मेलनमा प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले यस फेस्टिबलको उद्देश्य नेपाली संस्कृति, परम्परा र पाककला संरक्षणमा योगदान पुर्याउनु हो। उनले भने, ूयो फेस्टिबलले विशेष गरी नयाँ पुस्तालाई हाम्रो संस्कृति, लोककला, रहनसहन, खानपान र परम्परासँग जोड्न मद्दत पुर्याउनेछ।ू साथै, पक्कु मेलामा दसैँका अवसरमा प्रयोग हुने विभिन्न स्थानीय हस्तकला, सांस्कृतिक बाजा र परिकारहरूको प्रदर्शनी हुनेछ।
वहाँले पत्रकार सम्मेलनमा पक्कुको सुरुवात कसरी भयो र यसको महत्व दिन प्रतिदिन किन बढी रहेको छ भनेर स्पष्ट पार्नु भएको थियो ।

भण्डारीका अनुसार, यो फेस्टिबलले आर्थिक व्यापारभन्दा पनि मनोरञ्जन, जानकारी र सांस्कृतिक संवर्धनमा जोड दिने उद्देश्य राखेको छ। विशेष गरी शहरमा बसोबास गर्ने गाउँबाट टाढा रहेका नेपालीलाई गाउँको स्वाद र परम्परा अनुभव गराउने छ। यो मेलाले नयाँ पुस्तालाई उत्साहित बनाउनेछ भने अनुभवीपुस्तालाई एक संस्मरण, पुनर्ताजगी र प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

प्रेसिडेन्ट ग्रुपको यो अभियानले नेपाली परम्परालाई अझ बलियो बनाउने र भविष्यका पुस्तामा हस्तान्तरण गर्न प्रेरित गर्ने आशा गरिएको छ। यस मेलामा सहभागिता जनाउन र योगदान गर्न सबैलाई आग्रह गरिएको छ।

प्रेसिडेन्ट विजनेश ग्रुपले १९ वर्ष अघि काठमाडौँको सुन्धाराबाट आफ्नो यात्रा सुरु गर्दै अहिले काठमाडौँका विभिन्न स्थानहरूसहित चितवन र रूपन्देहीका प्रमुख स्थानमा प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, प्रेसिडेन्ट बेकरी लगायतका शाखाहरू सञ्चालन गर्दै आएको छ।

यस पक्कु फेस्टिबलको आयोजनाले नेपाली संस्कृति र स्वादको पुनः जगेर्ना गर्ने महत्त्वपूर्ण कदम चाल्दैछ, जसले स्थानीय समुदायको पहिचान र समृद्धिलाई अझ सुदृढ बनाउन मद्दत पुर्याउनेछ।
बाँकी भिडियोमा हेर्नुहेस् …

Source : newsabhiyan