Home / Media coverage / दोस्रो पक्कु फेस्टिबल २०८२ आयोजना होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा
दोस्रो पक्कु फेस्टिबल २०८२ आयोजना होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा
दोस्रो पक्कु फेस्टिबल २०८२ आयोजना होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा

नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ।

प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा आयोजित पत्रकार सम्मेलनमा प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष टिआर भण्डारी (शंकर)ले हाम्रो परम्परा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिबल गर्न लागिएको जानकारी दिए।

‘पक्कु खानाको प्रवर्द्धन तथा संरक्षण गर्ने गरी बिजनेस ग्रुपले फेस्टिबलको आयोजना गर्न लागेको हो,’ अध्यक्ष भण्डारीले भने, ‘अहिलेको अवस्थामा व्यावसायिक लाभभन्दा पनि रैथाने परिकार पक्कुको विषयमा जानकारी दिने मुख्य उद्देश्य राखेका छौं ।’

उनले यसै फेस्टिबल मार्फत पक्कुलाई पर्यटन क्षेत्रमा नयाँ प्रडक्टको रूपमा ब्रान्डिङ गर्न लागेको पनि बताए । पक्कु खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको विश्वास छ।

विजया दशमीको अवसर पारेर रैथाने खाना संस्कृतिको प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यो फेस्टिबलको आयोजना गर्न लागिएको भणडारीकाे भनाइ छ । यसबाट हाम्राे संस्कृति, परम्परा, पहिचान, पाककला, पक्कु खाना संस्कृतिको संरक्षण र जगेर्ना हुने विश्वास व्यक्त गरिएको छ ।

“स्वाद, स्वास्थ्य र आतित्थ्यता सँगसँगै” भन्ने मुल मन्त्र र लक्ष्यसहित विसं. २०६२ देखि काठमाडौं सुन्धाराबाट शुरु भएको प्रेसिडेन्ट होटलले सुन्धारा, बालाजु, माछापोखरी, चितवन, पुरानो बानेश्वर बत्तिसपुतली, महाराजगञ्ज, रविभवन, एयरपोर्ट लगायतका स्थानबाट प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टबाट सेवा दिइरहेको छ ।

Source : economickhabar



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260