Home / Media coverage / प्रेसिडेन्ट विजनेश ग्रुपले महाराजगञ्जमा पक्कु फेस्टिबल गर्दै
प्रेसिडेन्ट विजनेश ग्रुपले महाराजगञ्जमा पक्कु फेस्टिबल गर्दै
प्रेसिडेन्ट विजनेश ग्रुपले महाराजगञ्जमा पक्कु फेस्टिबल गर्दै

नेपालीहरुको महान् चाड दसैँको अवसर पारेर प्रेसिडेन्ट विजनेश ग्रुपले दोस्रो पक्कु फेस्टिबल–२०८२ को आयोजना गरेको छ । ‘परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ प्रेसिडेन्ट ग्रुपले भोलि असोज ६ गतेदेखि ११ गतेसम्म पक्कु फेस्टिबल गर्न लागेको हो ।

आफ्ना अनुभवी र दक्ष मास्टर सेफहरूको साथ लिएर काठमाडौँको महाराजगञ्जमा रहेको प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टको परिसरमा संस्कृति, परम्परा, पहिचान, पाककला, पक्कु खानाको संस्कृति तथा संरक्षण र जगेर्ना गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताउनुभयो । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले यस फेस्टिबलले विशेष गरी नयाँ पुस्तालाई आफ्नो संस्कृति, लोककला, रहनसहन, खानपान र परम्परासँग जोड्न मद्दत पुर्‍याउने बताउनुभयो ।

यस मेलामा दसैँमा प्रयोग हुने विभिन्न स्थानीय हस्तकला, सांस्कृतिक एवम् परम्परागत बाजा र परिकारहरूको प्रदर्शनी हुने उहाँको भनाइ छ । ‘यस पक्कु मेलाले आर्थिक व्यापार भन्दा पनि मनोरञ्जन, रहनसहन खानपानको जानकारी प्रदान गर्नेछ’ उहाँले भन्नुभयो, ‘साथै नयाँ पुस्तालाई उत्साहित बनाउने छ भने अनुभवी पुस्तालाई एक संस्मरण, पुनर्ताजगी र प्रोत्साहन गर्ने लक्ष्य रहेको छ ।’

गाउँले जीवन भन्दा टाढा रहेका शहरवासीलाई ध्यानमा राखी यो फेस्टिबलको आयोजना गर्न लागिएको भण्डारीको भनाइ छ । ‘हामी हाम्रो संस्कृति जगेर्ना गर्न, सशक्त बनाउन र भावी पुस्तामा हस्तान्तरण गर्न प्रेरित गर्दै यस मेलामा सहभागिता जनाउन र योगदान गर्न सबै सबैलाई अनुरोध गर्दछौँ’ भण्डारीले भन्नुभयो ।

वि.सं. २०६३ वैशाख २७ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको प्रेसिडेन्ट विजनेश ग्रुपले हालसम्म बालाजु, माछापोखरी, चितवनको नारायणगढ, काठमाडौंको पुरानो बानेश्वर बत्तीसपुतली, महाराजगञ्ज, रविभवन, एयरपोर्ट, रूपन्देहीको लुम्बिनी महिलवारलगायत विभिन्न १६ स्थानबाट प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, प्रेसिडेन्ट बेकरी सञ्चालन गरी सेवा दिँदै आएको छ ।

Source : loksuchana



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260