Home / News / होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा
होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा
होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा

काठमाडौं । होटल प्रेसिडेन्ट महारागंजले दशैंको अवसर पारेर नेपालमा पक्कु फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न होटलले असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल आयोजना गर्न लागेको हो । प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले हाम्रो परम्परा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिबल गर्न लागिएको जानकारी दिए ।

‘पक्कु खानाको प्रवर्द्धन तथा संरक्षण गर्ने गरी बिजनेस ग्रुपले फेस्टिबलको आयोजना गर्न लागेको हो,’ अध्यक्ष भण्डारीले भने, ‘अहिलेको अवस्थामा व्यावसायिक लाभभन्दा पनि रैथाने परिकार पक्कुको विषयमा जानकारी दिने मुख्य उद्देश्य राखेका छौं ।’

उनले यसै फेस्टिबलमार्फत पक्कुलाई पर्यटन क्षेत्रमा नयाँ प्रडक्टको रूपमा ब्रान्डिङ गर्न लागेको पनि बताए । पक्कु खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको विश्वास छ। उक्त फेस्टिभलमा स्थानीय हस्तकला, सांस्कृतिक एवं परम्परागत बाजा र परिकारहरुको प्रदर्शनी गरिने बताईएको छ । पक्कु मेलाले आर्थिक व्यापारभन्दा पनि मनोरञ्जन, रहनसहन खानपानको जानकारी प्रदान गर्नेछ ।

Source : bizkhabar



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260