Home / News / प्रेसिडेन्ट होटल ग्रुपद्वारा पक्कु फेस्टिभल २०८१को आयोजना, घटस्थापनादेखि २१ गतेसम्म
प्रेसिडेन्ट होटल ग्रुपद्वारा पक्कु फेस्टिभल २०८१को आयोजना, घटस्थापनादेखि २१ गतेसम्म
प्रेसिडेन्ट होटल ग्रुपद्वारा पक्कु फेस्टिभल २०८१को आयोजना, घटस्थापनादेखि २१ गतेसम्म

स्वच्छ वातावरण, सरल ठेगाना । स्तरीय सेवा, स्वादिष्ट खाना । स्वाद, स्वास्थ्य र आतित्थ्यता सँगसँगै , भन्ने मूल मन्त्र र लक्ष्य सहित २०६३ वैशाख २७ गते बुधवारका दिनदेखि शुरु भएको प्रेसिडेन्ट होटल काठमाडौँले पक्कु भेस्टिभलको आयोजना गरेको छ ।

सुन्धाराबाट शुरु भएको प्रेसिडेन्ट होटलले अठार वर्षे व्यवसायिक यात्राको दौराना बालाजु, माछापोखरी, चितवन, पुरानो वानेश्वर ,बत्तिसपुतली, महाराजगन्ज, रविभवन, एयरपोर्ट लगायतका विभिन्न १५ स्थानबाट प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, प्रेसिडेन्ट बेकरी मार्फत आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गरी आएको जनाउँदै यो फेस्टिभलको आयाजना बारे जनाएको हो ।

घटस्थापनादेखि यो फेस्टिभल शुरु हुने जनाउँदै प्रेसिडेन्ट होटलले प्रेसिडेन्टलाई एक प्रतिष्ठित ब्राण्डका रूपमा स्थापित गराउन २०७२ सालमा प्रेसिडेन्ट विजनेश ग्रुपको नामबाट ब्राण्डिङ गर्न थालेको जनाएको छ ।प्रेसिडेन्टले आफ्ना सबै आउटलेटमा प्रयोग गरिने आफ्नो विशिष्ट खालको लोगो, ब्रान्ड कलर, मौलिक एवम् एकै किसिमको डिजाइन, स्लोगन एकै किसिमको स्वाद एवम् आतिथ्यताले हस्पिटालिटी क्षेत्रमा ब्राण्डिङ गरी आएको जनाएको छ ।

लोक सस्कृति र परम्पराको जगेर्ना गर्ने र लोप हुँदै गएको मौलिकताको सम्बद्र्धन गर्ने उद्देश्यका साथ नेपालीहरूको महान् चाड बडा दशैँ २०८१को पावन अवसरमा पक्कु फेस्टिभल २०८१ को आयोजना गर्न लागेको जनाउँदै होटलले यस पक्कु फेस्टिभल २०८१ प्रेसिडेन्ट सेकुवा मल्टी क्यूजिन रेस्टुरेन्ट महाराजगन्जले आफ्ना अत्यन्तै अनुभवी दक्ष र नेपालीहरुको जिब्रोको स्वादलाई पहिचान गर्न सक्ने मास्टर सेफहरूको साथ लिएर हाम्रो संस्कृति, परम्पराहरू, हाम्रो पहिचान, पाककला, पक्कु खानाको संस्कृति तथा संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको एक महत्वपूर्ण कार्यक्रम भएको दाबी गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ ‘ यस फेस्टिभलमा विशेष गरी नयाँ पुस्तालाई आफ्नो संस्कृति, लोककला, रहनसहन, खानपान र परम्परासँग जोड्न मद्दत पुयाउनेछ । यस मेलामा दशैँमा प्रयोग हुने विभिन्न स्थानीय हस्तकला, सांस्कृतिक एवम् परम्परागत बाजा, र परिकारहरुको प्रदर्शनी प्रस्तुत गरिनेछ । यसपक्कु मेलाले आर्थिक व्यापार भन्दा पनि मनोरञ्जन, रहनसहन खानपानको जानकारी प्रदान गर्नेछ, नयाँ पुस्तालाई उत्साहित बनाउने छ भने अनुभवी पुस्तालाई एक संस्मरण, पुनर्ताजगी र प्रोत्साहन गर्ने लक्ष्य रहेको छ। काठमाडौँ पूर्वदेखि पश्चिम नेपालबाट आवसरको खोजीमा आई अस्थाइ तथा स्थायी रूपमा बसोबास गर्नेहरूको संख्या उल्लेख्य मात्रामा रहेको छ ।

चाड पर्वको बेलामा विभिन्न पेशा व्यवसायका कारण शहर छोड्न नपाएका र गाउँलाई बिरानो बनाइ शहरमा विभिन्न वाध्यताको कारण स्थायी बसोबास अएकाहरूलाई र गाउँले जीवन भन्दा टाढा रहेका शहरबासीहरुलाई ध्यानमा राखी यो फेस्टिभलको आयोजना गर्न लागिएको छ। हामी हाम्रो संस्कृति जगेर्ना गर्न, सशक्त बनाउन र भावी पुस्तामा हस्तान्तरण गर्न प्रेरित गर्दै, यस मेलामा सहभागिता जनाउन र योगदान गर्न सबैलाई अनुरोध गर्दछौँ ।’ होटलका अध्यक्ष टी आर भण्डारी (शंकर)ले यो पक्कु फेस्टिभल असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने बताए ।

Source : nayasadak



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260