Home / News / नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवस वृक्षारोपण गरि मनाइयो
नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवस वृक्षारोपण गरि मनाइयो
नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवस वृक्षारोपण गरि मनाइयो

नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवस वृक्षारोपण कार्यक्रम गरि मनाइएको छ । महासंघले सोमबार दिवसको अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर १३ स्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको हो ।

कार्यक्रममा सब डिभिजन कार्यालयका यदु कुमार भारती, रातोमाटे डाँडा वन उपभोक्ता समितिका अध्यक्ष शान्ता रेग्मी,सचिव विष्णुबहादुर श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र नगर समितिका अध्यक्ष नारायण श्रेष्ठ लगाएते बोल्नु भएको थियो ।

कार्यक्रममा महासघंका केन्द्रीय समिति पदाधिकारी एवं सदस्य, सचिवालय सदस्य लगाएतको सहभागितामा विभिन्न प्रजातिका विरुवा रोपिएको थियो ।

महसघंका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपमहासचिव गिता पनेरुले गर्नु भएको थियो । स्थापना दिवसको उपलक्षमा साउन २ गते काठमाडौंको नयाँ बसपार्क, गोंगवुमा वृहत रक्तदान कायर्यक्रम आयोजना गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले नयाँ विश्वलाई जनाकारी दिनु भयो ।



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260