Home / News / नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवसमा वृहत् रक्तदान कार्यक्रम आयोजना
नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवसमा वृहत् रक्तदान कार्यक्रम आयोजना
नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवसमा वृहत् रक्तदान कार्यक्रम आयोजना

नेपाल उद्योग व्यापार महासंघले आफ्नो तेस्रो स्थापना दिवसको उपलक्ष्यमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महासंघले सोमबारदेखि देशव्यापी रुपमा विभिन्न सृजनात्मक कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । यही अवसरमा बुधबार काठमाडौंको नयाँ बसपार्कमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा १२५ रक्तदाताहरुबाट ३८ पिन्ड रगत दान गरिएको छ । महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, जनस्वास्थ्य, मानविय र शैक्षिक सेवाको कामहरु गर्दै आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

कार्यक्रम पूर्व शिक्षा मन्त्री तथा काठमाडौं ६ का माननीय शिशिर खनालले कार्यक्रमका संयोजक महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठलाई ब्लड प्याक हस्तान्तरण गरेर शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा काठमाडौं ६ का माननीय शिशिर खनाल, पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत, ल्होत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कका अध्यक्ष दिपक कुँवरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महासघंका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष शंकर भण्डारीले र संचालन उपमहासचिव गिता पनेरुले गर्नु भएको थियो ।

महासंघले स्थापना दिवसको अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ स्थित रातोमाटे डाँडामा वृक्षारोपण पनि गरेको थियो।

 



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260