Home / News / चक्रपथमा भोलिदेखि पक्कु फेस्टिभल गर्दै प्रेसिडेन्ट विजनेश ग्रुप
चक्रपथमा भोलिदेखि पक्कु फेस्टिभल गर्दै प्रेसिडेन्ट विजनेश ग्रुप
चक्रपथमा भोलिदेखि पक्कु फेस्टिभल गर्दै प्रेसिडेन्ट विजनेश ग्रुप

प्रसिडेन्ट विजनेश ग्रुपले बडादशैंको अवसरमा पक्कु फेस्टिवलको आयोजना गर्ने भएको छ ।

ग्रुपले हिजो काठमाडौमा पत्रकार सम्मेलन गरी भोलिदेखि असोज २१ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको जनाएको छ । प्रेसिडेन्टको काठमाडौंको चक्रपथमा रहेको शाखामा फेस्टिभल हुने छ । ग्रुपका अध्यक्ष शंकर भण्डारीले पक्कु फेस्टिभल नौलो र विशिष्ट प्रकारको भएको बताए । खसीको मासुलाई विभिन्न प्रकारको मसला प्रयोग गरी केही दिनसम्म खान मिल्ने गरी विशेष प्रकारले पक्कु बनाउने गरिएको भण्डारीले बताए ।

उनले कमाउनभन्दा पनि मौलिक संस्कृति र परम्परा जर्गेना गर्नका लागि फेस्टिभल आयोजना गरिएको स्पष्ट पारे । ‘परम्पराको सम्मान, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ फेस्टिभलको आयोजना गरिएको छ ।



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260