Home / Media coverage / पक्कु : मौलिक स्वाद परम्परा र आधुनिकताको संगम
पक्कु : मौलिक स्वाद परम्परा र आधुनिकताको संगम
पक्कु : मौलिक स्वाद परम्परा र आधुनिकताको संगम

नेपालीहरुको महान चाड बिजया दशमी अर्थात दशैं। नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व एक धार्मिक संस्कार होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो। दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ—गाउँको धुलो–धुवाँ, आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टिका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार।

गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन्। बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमा जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिंगे पिंग—यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए। दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो।

खसी–बोकासँग जोडिएको सामाजिक आयाम

दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ। तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन। धेरैले दुख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे। महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए। तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो। मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला।आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो—तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै पकाउने र सुरक्षित राख्ने। यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई।

बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ। दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो। बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो। पक्कु मासुको परिकारमा मात्रै सिमित नभई , त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो।

परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प

समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार मःम पिज्जा वर्गर केएफसि जस्ता विदेशि डिस फास्टफुडले बजार ओगट्न थाले। तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो—गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने।

यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना ग¥यो। सुरुमा धेरै शंका उठे। शहरबासीलाई पक्कु मन पर्ला? बर्गर र पिजामा रमाउने युवाले यसलाई स्वीकार्लान्? तर हाम्रो विश्वास दृढ थियो यो परिकार मात्र होइन, आत्मियता र भावनाको पुनर्जीवन पनि हो।

पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे। दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो। कतिपय दिन त माग धान्नै गाह्रो भयो। कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उनीहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो।

सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने “यो स्वाद आमाको हातको स्वाद जस्तै रैछ मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो,मलाई त्यो बालापन गाउँघर र आमाको सम्झना आयो , मलाई गाउँ फर्किएझैं लाग्यो।” त्यो एक वाक्यले पुष्टि ग¥यो—हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो। त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित ग¥यो।

पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम

पहिलो अनुभवको सफलताले हिम्मत थप्यो। त्यसैले २०८२ सालमा हामी यस बर्ष पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रुपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ। करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य छ

यसपटक पक्कुमा थपिएको विविधता ?

तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु , घ्यूमा बनेको विशेष पक्कु ,युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा , अन्य रैथाने र परम्परागत साकाहारी परिकार साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिंगे पिंग, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ।

हामीलाई विश्वास छ—खानामा संस्कृतिको आत्मा बस्छ। पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो। हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ। हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो।

पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध

पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन। यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पु¥याएको छ। गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ। यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउनेछ। नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन्।

प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ। अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्याउने तयारी भइरहेको छ। दीर्घकालीन लक्ष्य अझ ठूलो छ । अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने।

हाम्रो सपना छ , विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून्।

पक्कु एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान

पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस ग¥यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं। त्यो क्षणले देखायो , यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो।

आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिकता स्वाद र नेपालीको पहिचान हो। परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो ।

हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ। यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो।

त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु । पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न। यसलाई जस्ताको तस्तै राखी भाषा मात्रै सुधार गर्नुहोस्

(भण्डारी प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्)

Source : butwaltoday



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260