Home / HPFN News / थापाथलीसहित प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित आवास दिन होटल व्यवसायी महासंघ तयार
थापाथलीसहित प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित आवास दिन होटल व्यवसायी महासंघ तयार
थापाथलीसहित प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित आवास दिन होटल व्यवसायी महासंघ तयार

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सधैं प्रतिबद्ध रहेको जनाएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँको थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी गराएको हो।

महासंघका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका सदस्य संस्थाअन्तर्गतका होटलहरूको समन्वयमार्फत तत्काल करिब १,००० जनासम्म उद्धार गरिएका नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रय (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन आफूहरू सक्षम रहेको उल्लेख गरिएको छ।

उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले व्यक्त गरेको छ। साथै, यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ पूर्ण रूपमा तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले विपद् तथा आपतकालीन अवस्थामा निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरी मानवीय सेवामा योगदान पुर्‍याउन महासंघ तयार रहेको बताए।

Source : actpronepal



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260