संकटपछि पुनर्निर्माणको आशामा पर्यटन उद्योग
संकटपछि पुनर्निर्माणको आशामा पर्यटन उद्योग

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य बदलिदिएको छ । साथै, जेनजी आन्दोलनका क्रममा भएको सरकारको अमानवीय दमन, प्रदर्शनकारीका नाममा भएका आगजनी र तोडफोडका घटनाले मुलुकलाई गहिरो पीडामा डुबाएको छ ।

सार्वजनिक र निजी सम्पत्तिमाथिको ठुलो क्षतिले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा अभूतपूर्व संकट सिर्जना गरेको छ ।

नेपालको आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने ठुला ब्रान्डमध्ये एक हिल्टन होटल पूर्णरूपमा जलेर नष्ट हुनु पर्यटन क्षेत्रमा आवद्ध सबैका लागि घाउ बनेको छ । यो एउटा होटलको विनाश मात्र होइन, यसले अन्तर्राष्ट्रिय लगानी, रोजगारका अवसर, व्यावसायिक विश्वास र नेपालप्रति विश्व समुदायको दृष्टिकोणमाथि गहिरो प्रश्न उठाएको छ ।

यस घटनाले एक झट्कामा हजारौँ कर्मचारीलाई बेरोजगार बनाएको छ । लामो समयदेखि यस क्षेत्रमा सेवा दिँदै आएका श्रमिक, व्यावसायिक प्रशिक्षक, व्यवस्थापकदेखि लिएर सहयोगी नयाँ कामदारसम्मले आफ्नो रोजगारी गुमाएका छन् । उनीहरूका परिवारले आर्थिक संकट व्यहोर्नुपर्ने अवस्था हुनसक्छ । पर्यटन क्षेत्रसँग जोडिएका सहायक व्यवसायहरू जस्तै- टुर्स एण्ड ट्राभल्स यातायात व्यवसायी, आपूर्तिकर्ता, स्थानीय उत्पादन, हस्तकलासम्म पनि यसबाट प्रत्यक्ष प्रभावित भएका छन्, यहाँ एक होटल मात्र होइन, पर्यटन संरचना र धरोहरमाथि भएको प्रहारले हजारौँ परिवारको जीवनयापनमा सन्नाटा ल्याएको छ ।

यस संकटले पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक नयाँ उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि निराश तुल्याएको छ । धेरै वर्षदेखि नेपाललाई सम्भावनाको बजारका रूपमा हेर्दै आएका विदेशी साझेदार र ब्रान्डहरूले अब आफ्नो निर्णयलाई पुनर्विचार गर्न सक्छन् । लगानीकर्ताको यो निराशाले भविष्यका अवसरमा ढोका बन्द गर्ने जोखिम बोकेको छ । तर पनि इतिहासले हामीलाई सिकाएको छ, संकटहरूले राष्ट्रलाई झुक्याउन सक्छन्, तर हराउन कहिल्यै सक्दैनन् ।

लगानीकर्ताको विश्वास फिर्ता कसरी ल्याउने भन्ने अहिले सबैभन्दा जटिल विषय हो । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय चेन मात्र होइन, उपत्यका बाहिरका मध्यम र ठुला होटल नष्ट हुनुले लगानीकर्ताको विश्वास डगमगाएको छ । अब सरकारले नीति नियम पारदर्शी बनाएर सबैमा विश्वास दिलाउनु जरुरी छ ।

“लगानीकर्ताको विश्वास फिर्ता कसरी ल्याउने भन्ने अहिले सबैभन्दा जटिल विषय हो । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय चेन मात्र होइन, उपत्यका बाहिरका मध्यम र ठुला होटल नष्ट हुनुले लगानीकर्ताको विश्वास डगमगाएको छ । अब सरकारले नीति नियम पारदर्शी बनाएर सबैमा विश्वास दिलाउनु जरुरी छ ।”

यहाँ मैले केही अन्तर्राष्ट्रिय अनुभव र संकटपछिको पुनर्निर्माणलाई उदाहरणका रुपमा पस्किने प्रयत्न गरेको छु । पर्यटनको विश्व इतिहासमा दर्जनौँ उदाहरण छन्, ती सबैलाई यहाँ जोड्न सम्भव हुँदैन । जसले यो प्रमाणित गर्छन् कि संकटपछिको पुनर्निर्माण सम्भव मात्र होइन, अझ उज्यालो भविष्यको बाटो खोल्ने अवसरका रुपमा हेर्न सकिन्छ ।

११ सेप्टेम्बर २००१ मा वर्ल्ड ट्रेड सेन्टर ध्वस्त भएपछि न्युयोर्कले लाखौँ पर्यटक गुमायो । सहरमा त्रास, अविश्वास र अनिश्चितताको वातावरण बनेको थियो । तर पुनर्निर्माण, ग्राउन्ड जिरो मेमोरियलको निर्माण र ‘वी विल नेभर फर्गेट’ भन्ने भावनाले सहरलाई फेरि विश्व पर्यटनको केन्द्र बनायो । आज ग्राउन्ड जिरो लाखौँ आगन्तुकको श्रद्धा, सम्मान र दृढताको प्रतीकका रूपमा हेर्ने गन्तव्य बनेको छ ।

जापानमा सन् २०११ को भूकम्पपछिको सुनामी र फुकुसिमा परमाणु विस्फोटको संकटपछि पर्यटक आगमनमा ठुलो गिरावट आयो । विश्व समुदायले जापानलाई सुरक्षित गन्तव्य ठान्न छोडे, तर गतिशील सञ्चार, प्रभावकारी ढंगको सुरक्षा सुधार र सांस्कृतिक ब्रान्डिङमार्फत जापानले पाँच वर्षमै आफूलाई फेरि शीर्ष १० पर्यटकीय गन्तव्यको सूचीमा पुर्‍यायो । आज जापान अझ फराकिलो पर्यटन बजार बनेको छ ।

३० वर्ष लामो गृहयुद्धले श्रीलंका विश्व पर्यटन नक्साबाट नै हराएको थियो, तर शान्ति स्थापनापछि उसले आफ्नो समुद्र तट, संस्कृति, आयुर्वेद र वेलनेस टुरिजमलाई ब्रान्डिङ गर्दै एकदमै छोटो समयमा दक्षिण एसियाको आकर्षक पर्यटन गन्तव्य बन्न सफल भयो, आज श्रीलंका लाखौँ पर्यटकलाई आकर्षित गर्न सक्षम छ ।

मुम्बईको ताज होटललाई सन् २००८ को आतंकवादी आक्रमणले क्षतविक्षत् तुल्यायो । त्यो घटना भारतको हस्पिटालिटी उद्योगको लागि मात्र होइन, विश्व पर्यटन क्षेत्रकै लागि ठूलो धक्का थियो । तर ताजलाई पुनर्निर्माण गरियो, अझ गौरवसहित उभ्याइयो । आज ताज पुनर्निमाणको प्रतीक बनेको छ ।

यी उदाहरणले के देखाउँछन् भने संकटपछि पुनर्जागरण निर्माण सम्भव छ । त्यसमा खाँचो हुन्छ स्पष्ट दृष्टिकोण, सहकार्य, नेतृत्व र दृढ प्रतिबद्धताको । अब हामीले पनि अहिलेको संकटलाई अवसरका रुपमा बदल्दै नेपाल सुरक्षित, मैत्रीपूर्ण र सांस्कृतिक दृष्टिले समेत धनी गन्तव्य हो भनेर फेरि पुनर्स्थापित गर्न सक्छौं ।

पुनर्निर्माण अभियान सुरु गरी विश्वलाई सन्देश दिन जरुरी छ- ‘नेपाल सुरक्षित छ, नेपाल स्वागतयोग्य छ ।‘ यसका लागि सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र प्रवासी नेपाली समुदायबीच समेत सहकार्य हुनुपर्छ ।

अहिले थुप्रै कर्मचारीले रोजगारी गुमाएका छन् । उनीहरूलाई पुनः रोजगारीमा फर्काउन पुनर्निर्माणसँगै सीपमा आधारित तालिम, वैकल्पिक रोजगारी कार्यक्रम र सामाजिक सुरक्षाको व्यवस्था आवश्यक हुन्छ । पर्यटन क्षेत्र ठुला-ठुला भवन मात्र होइन, मानवीय पुँजीकै भरमा पनि टिक्न सक्छ । त्यसैले कर्मचारी तथा श्रमिकको भविष्य सुरक्षित गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ ।

लगानीकर्ताको विश्वास फिर्ता कसरी ल्याउने भन्ने अहिले सबैभन्दा जटिल विषय हो । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय चेन मात्र होइन, उपत्यका बाहिरका मध्यम र ठुला होटल नष्ट हुनुले लगानीकर्ताको विश्वास डगमगाएको छ । अब सरकारले नीति नियम पारदर्शी बनाएर सबैमा विश्वास दिलाउनु जरुरी छ ।

निजी क्षेत्रले दीर्घकालीन योजना प्रस्तुत गर्नुपर्छ र अन्तर्राष्ट्रिय साझेदारलाई नेपाल अझै सम्भावनाको बजार हो भनेर विश्वास दिलाउनुपर्छ ।

हामीले यो बुझ्नुपर्छ, नेपाली पर्यटन आज घाइते छ, तर पराजित छैन । हिल्टन, माला इन, ड्रिमल्यान्ड जस्ता भवनहरू जलेका छन्, तर यसले नेपाली आतिथ्य भावनालाई जलाउन सकेकै छैन ।

युवाशक्तिको पुनः उन्मुखीकरण पनि एक जल्दोबल्दो विषय हो । नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको सधैंजसो अभाव खड्किन्छ । आन्दोलनमा संलग्न युवा नै मुलुकको भविष्य हुन्, तर धेरैले आतित्थ्य बुझ्दैनन्, उनीहरूलाई पर्यटन के हो ? पर्यटन मैत्री वातावरण कस्तो हुनुपर्छ ? पर्यटन उद्यमशीलता, सीप विकास, रोजगारी र नवप्रवर्तनतर्फ पुनः उन्मुख गर्नु जरुरी छ । पर्यटन नै यस्तो चिज हो, जसको विस्तारले देशको अर्थ अवस्थामा कायापलट हुन समय लाग्दैन, निराशाबाट सिर्जनात्मकताको बाटो खोल्नु अहिलेको आवश्यकता हो भन्ने राज्य र हामी यस क्षेत्रका व्यवसायीले मनन् गर्नुपर्छ ।

“हामीले यो बुझ्नुपर्छ, नेपाली पर्यटन आज घाइते छ, तर पराजित छैन । हिल्टन, माला इन, ड्रिमल्यान्ड जस्ता भवनहरू जलेका छन्, तर यसले नेपाली आतिथ्य भावनालाई जलाउन सकेकै छैन ।”

अब हामीले सधैं निराशाका कुरा गरेर मात्र छुट पाउँदैनौं, पर्यटन भनेको सकारात्मक केही रोचक कथाहरुमा विकास हुने कुरा हो । स्टोरी टेलिङले निर्माण गर्ने कुरा हो, हामीले क्षति वा पीडाबारे मात्र नभई नेपालका हिमाल, प्राकृतिक सुन्दरता, हाम्रो संस्कृति, रहनसहन, मौलिकता र आतिथ्यबारे नयाँ कथा विश्व समुदायमा सुनाउनुपर्छ ।

‘नेपाल इज राइज अगेन’ जस्तो अभियानले नयाँ उत्साह जगाउन सकिन्छ । समय-समयमा हुने ठुला-ठुला आन्दोलन र द्वन्द्वमा पनि विदेशी पर्यटकमाथि कुनै किसिमको आघात पुर्‍याउने कार्य भएका छैनन् भन्ने कुरा पनि विश्वसामु सकारात्मक ढंगले पस्किनुपर्छ ।

यसमा प्रवासी नेपालीको भूमिका, नेपाली डायस्पोराले देशलाई दिनसक्ने योगदानका बारेमा चर्चा गर्नुपर्ने बेला आएको छ । विदेशमा रहेका हरेक नेपाली दाजुभाइ–दिदीबहिनी हाम्रो पर्यटनका वास्तविक दूत हुन् भन्ने हाम्रो बुझाइ हुनुपर्छ । हामीले सम्झिनुपर्छ, २०७२ को भूकम्पपछि चलाएको अभियान, त्यो साथ र सहयोगलाई फेरि पनि सामाजिक सञ्जाल, सञ्चारमाध्यम र प्रत्यक्ष प्रोत्साहनमार्फत विश्वलाई नेपाल सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश दिन सकिन्छ ।

हामीले यो बुझ्नुपर्छ, नेपाली पर्यटन आज घाइते छ, तर पराजित छैन । हिल्टन, माला इन, ड्रिमल्यान्ड जस्ता भवनहरू जलेका छन्, तर यसले नेपाली आतिथ्य भावनालाई जलाउन सकेकै छैन ।

प्रेसिडेन्ट ग्रुप लगायत अन्य पर्यटन व्यवसायीका संरचनामाथि प्रहार त भए, तर ती प्रहारहरूले हाम्रो भौतिक संरचना मात्र होइन, हाम्रो प्रयत्नभावलाई अझ उज्यालो तुल्याइदिएका छन्, आज हामी जस्ता व्यवसायीलाई निराशा होइन, दृढता चाहिएको छ ।

(भण्डारी पर्यटन व्यवसायी हुन् । उनी होटल व्यवसायी महासंघ नेपालका महासचिव र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष समेत हुन् ।)

Source : Ratopati