व्यवसायीहरुलाई तालिम तथा महसंघका पर्यटनसँग सम्बन्धित योजनालाई अगाडि बढाउनका लागि प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप परियार ज्यूलाई होटल व्यवसायी महासंघ नेपालको तर्फबाट प्रपोजल सहित निवेदन पेश
व्यवसायीहरुलाई तालिम तथा महसंघका पर्यटनसँग सम्बन्धित योजनालाई अगाडि बढाउनका लागि प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप परियार ज्यूलाई होटल व्यवसायी महासंघ नेपालको तर्फबाट प्रपोजल सहित निवेदन पेश

आज मिति २०८० चैत्र १२ गते, काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा गई एक महत्वपूर्ण छलफल गर्ने अवसर र महासंघले राखेका योजना, प्रपोजल र महानगरको अभियान अनुरुप होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले उपलव्ध गराउदै आइरहेको पब्लिक सौचालय कार्यक्रममा पुरानोलाई निरन्तरता दिनुका साथै नयाँ ब्यवसायीलाई आवद्द गर्ने, महानगरले निरन्तर सरसफाई सामाग्री उपलब्ध गराउनु पर्ने, फोहोर ब्यवस्थापन र तालिमका बिषयमा महत्वपूर्ण छलफल भयो।

व्यवसायीहरुलाई तालिम तथा महसंघका पर्यटनसँग सम्बन्धित योजनालाई अगाडि बढाउनका लागि प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप परियार ज्यूलाई होटल व्यवसायी महासंघ नेपालको तर्फबाट प्रपोजल सहित निवेदन पेश गरियो, उहाँले कार्यन्बयनमा सकारात्मक रहेको धारणा राख्नु भएको छ। महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा, महासचिव टि.आर. भण्डारी (शंकर), महासंघ बाग्मति प्रदेशका अध्यक्ष दामोदर नेपाल, लेखा समिति संयोजक दिपेन सुबेदी (उमेश), जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका महासचिव बिष्णु प्रसाद घिमिरे र कार्यालय सचिव केदार सिंह खड्काको उपस्थिती रहेको थियो।

महानगरको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत सहित सार्वजनिक निजी साझेदारी ईकाइका निर्देशक नरेन्द्र बज्राचार्य, सह-निर्देशक नरेन्द्रमान बज्राचार्य, वरिष्ठ अधिकृत कबिता राई लगायतको उपस्थिति रहेको थियो।